प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- मोबाईल पसल चोरी

२०७८-०८-०१

  • A
  • A-
  • A+
Share

मङ्सिर १, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित कपडि जेण्डर स्टोर्स नाम गरेको मोबाईल पसल चोरी भएको छ । उक्त पसल सञ्चालक जिल्ला धनुषा सबैला नगरपालिका-१ बस्ने अन्दाजी वर्ष ३४ को दिनेश कपडि रहेको, निज विगत केहि वर्ष देखि डकाहा बजारमा घर भाडा लिई उक्त मोबाईल पसल संचालन गर्दै आईरहेको । चोरले पसलको उत्तर तर्फको काठको ढोकामा लगाएको ताल्चा लगाउने कब्जा काटी उक्त पसल भित्र प्रवेश गरी पसल भित्र काठको र्‍याकमा रहेको निम्न अनुसारको मोबाईल तथा सो को उपकरण लगाएत घडिहरु समेत गरी अन्दाजी रु ५,०७,०००।- (पाँच लाख सात हजार) मुल्य बराबरको सामान चोरी गरेको, चोरी गर्ने व्यक्तिको खोजतलाश कार्य तथा अनुसन्धान कार्य जारी रहेको ।

निम्नः-

१. जियोनि कम्पनिको मोबाईल थान ८ अं. मुल्य प्रतिगोटा २०,०००।-। गरी जम्मा १,६०,०००।– ( एक लाख साठि हजार )

२. ओक्टेल कम्पनिको मोबाईल थान ६ ,प्रतिगोटा १८,०००।– गरी जम्मा १,०८,०००।-( एक लाख आठ हजार )

३. ईन्टेक्स मोबाईल थान ४ प्रतिगोटा १२,०००।- गरी जम्मा ४८,०००।– ( अट्चालिस हाजर )

४. राईट कम्पनिको मोबाईल थान ५ प्रतिगोटा १२,०००।– गरी जम्मा ६०,०००।– ( साठि हजार )

५. प्राईम कम्पनिको मोबाईल थान ५, प्रतिगोटा १२,०००।– गरी  जम्मा ६०,०००।– ( साठि हजार )

६. बटम कम्पनिको मोबाईल थान १५, प्रतिगोटा २,०००।– गरी  जम्मा ३०,०००।– ( तिस हजार )

७. ईएरफोन १०, प्रतिगोटा ५००।– गरी  जम्मा ५,०००।– ( पाँच हजार )

८. हेडफोन थान ५ , प्रतिगोटा १५००।– गरी जम्मा ७,५००।– ( सात हजार पाँच सय )

९. ब्लुतुथ थान ५ , प्रतिगोटा ७००।–  गरी जम्मा ३,५००।– ( तिन हजार पाँच सय )

१०. घडि थान २५ , प्रतिगोटा १,०००।– गरी जम्मा २५,०००। ( पच्चिस हजार ) गरि जम्मा अं. मु. रु ५,०७,०००।– ( पाँच लाख सात हजार ) बराबरको चोरी भएको ।

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थितमा लागू औषध सेवन गरेर बसिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फारलाईन स्थितमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने अन्दाजी २९ वर्षीय साजन थिङ, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-१ बस्ने अन्दाजी ३५ वर्षीय बिनोद प्रजा, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने वर्ष अन्दाजी १८ की सम्झना घलान र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-३ बस्ने वर्ष १८ की प्राचिन राईको साथबाट लागू औषध ट्रामाडोल लेखिएको २३ ट्यावलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।