प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा

२०८०-०५-०२

  • A
  • A-
  • A+
Share

रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थितमा प्रहरी चौकी स्याफ्रूवेशी, रसुवाबाट नियमित चेकप्वईन्टमा खटिएको चेकिङ टोलीले टिमुरेबाट स्याफ्रूवेशी तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५, पोखरी बस्ने वर्ष २४ को सुदिप शेर्पालाई रोकी चेकजाँच गर्ने क्रममा निजले लगाएको कालो रंगको चेष्टगार्डको भित्री खल्तीमा अन्दाजी २ KG सुनको जस्तो  देखिने पहेलो धातु METALOR 1 Kilo Gold 999.9 ISO 24018 लेखिएको बिस्कुट आकारको थान –२(अन्दाजी मुल्य रु. १,८९,३०,०००।- बराबरको) लुकाई छिपाई ल्याएको अल्याएको लाकोरूवेशी रसुवाबाट नियमितवस्थामा फेला परेको हुँदा निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई राखिएको थियो ।

अनुसन्धानको क्रममा उल्लेखित सुदिप शेर्पालाई सोधपुछ गर्दा निजको भिनाजु नाता पर्ने जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका बर्ष ३०को फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएकोले निज फुस्याङबु शेर्पालाई जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई  थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।