प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रक्तदान कार्यक्रम सम्पन्न

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी श्रीमती संघको “३९ औं वार्षिक उत्सव २०८०’’ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा र बागमती प्रदेश प्रहरी श्रीमती संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुखज्यू, बागमती प्रदेश प्रहरी श्रीमती संघकी सदस्य श्रीमती चन्द्रमुखी कुमारी जयसवालज्यू लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत ४७ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभई रक्तदान गर्ने प्रहरी कर्मचारीहरूलाई बागमती प्रदेश प्रहरी प्रमुख ज्यूबाट रक्तदान सम्मान पत्र समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।

लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।