प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-२१, सुन्दर बस्ति घर भई हाल भरतपुर महानगरपालिका-२ क्षेत्रपुर सब्जि मन्डि नजिकै भान्जि नातिनि मुना सुनारको घरमा बिगत ९/१० वर्ष देखी बस्दै आएको वर्ष ६६ को‌ दल बहादुर बि.क. मुना सुनारको घर पछाडि रहेको टिन टहरोको काठको बलोमा नाइलनको डोरी पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ गजुरी गाउँपालिका-६ भस्मेखोला गाँउ बस्ने अमर बहादुर चेपाङको श्रीमती वर्ष ८९ की फुलमाया चेपाङ आफ्नै घर नजिक रहेको लिच्चिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।