प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-२१, सुन्दर बस्ति घर भई हाल भरतपुर महानगरपालिका-२ क्षेत्रपुर सब्जि मन्डि नजिकै भान्जि नातिनि मुना सुनारको घरमा बिगत ९/१० वर्ष देखी बस्दै आएको वर्ष ६६ को‌ दल बहादुर बि.क. मुना सुनारको घर पछाडि रहेको टिन टहरोको काठको बलोमा नाइलनको डोरी पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ गजुरी गाउँपालिका-६ भस्मेखोला गाँउ बस्ने अमर बहादुर चेपाङको श्रीमती वर्ष ८९ की फुलमाया चेपाङ आफ्नै घर नजिक रहेको लिच्चिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार