प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध कपडा सहित मानिस नियन्त्रणमा

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको  चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको ना ८ ख८००१नम्बरको  यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त  बसको  पछाडीको साईडको डिकिमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको कुर्तासेट १२० पिस अन्दाजी मूल्य रु.७०० का दरले र टप्स ४९ पिस अन्दाजी मूल्य रु.३०० का दरले गरी जम्मा अन्दाजी मूल्य रु.१,००,०००/- (एक लाख) बराबरको अबैध कपडा फेला पारी क्त बसको सहचालक जिल्ला मोरङ रंगेली नगरपालिका-४ बस्ने वर्ष अन्दाजी ३५ को अर्जुन कर्मकारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित तीन जना मानिस नियन्त्रणमा
२०८२-१०-१९

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व पश्चिम सड्क खण्डबाट अन्दाजी १५० मिटर भित्री सड्क खण्डमा रोकी राखेको UP32FF0055 नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटीएको गस्ति टोलीले उक्त कारमा रातो प्लास्टिकले बेरेको पोका लोड गरी राखेको अबस्थामा देखी चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ७ किलो बरामद भएको । कार र कारमा सवार देश भरत उत्तर प्रदेश जिल्ला मुजफरपुर थाना कोतपाल बस्ने अन्दाजी वर्ष २३ को मुसिर मिया, सोहि बस्ने वर्ष २० को जुबेर मिया र सोहि वस्ने वर्ष ४० की साबिता खातुनलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे  चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट हेटौंडा बजारतर्फ आउदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार भइ आएका जिल्ला बाग्लुङ हलङ्चोक नगरपालिका-३ बस्ने वर्ष अन्दाजी १९ को बिवेक घर्तिमगरको साथबाट १ ग्राम ६८० मिलि ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको छ । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।