प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन जस्तो देखिने पहेँलो धातु र चाँदीजस्तो देखिने सेतो धातु सहित मानिस नियन्त्रणमा

२०८०-०४-२०

  • A
  • A-
  • A+
Share

रसुवा गोसाईकुण्ड  गाउँपालिका-२, रसुवागढी नाका स्थित रसुवा भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र बल नेपालको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा मित्र राष्ट्र चिनको केरुङबाट नेपाल तर्फ आउदै गरेका मकवानपुर थाहा नगरपालिका-५ स्थाई वतन भएको वर्ष ४१ को अमर बहादुर बिश्‍वकर्माको लगेज चेकजाँच गर्दा बाला जस्तो आकारको मात्र बनाएको ३.६६१तोला सुन जस्तो देखिने पहेँलो धातु (अन्दाजी मुल्य ४,१०,७६४.२०) र ८.५७८ तोला चाँदी जस्तो देखिने सेतो धातु (अन्दाजी मुल्य १२,२२३.६५) बराबरको सामान फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-११-०३

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।