प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०३-१०

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-१, उर्लेनि बस्ने ६८ वर्षीय छडेन्द्द बहादुर पन्त घरबाट हराएकोमा आफ्नै बारीमा रहेको लफ्सीको बोटमा नाम्लोको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रसुवा, आमाछोदिङमो गाउँपालिका-५, चिलिमे बस्ने २२ वर्षीय श्याम तामाङ आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार