प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-०२-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-३, पोखरीभञ्ज्याङ बस्ने शम्भु कार्कीको श्रीमती अन्दाजी ४५ वर्षीया कमला भुजेल तरकारीमा प्रयोग गर्ने विषादी सेवन गरी निजलाई जिल्ला अस्पताल सिन्धुलीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि KMC सिनामंगल काठमाण्डौ लगिईएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।