प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट नाबालकको मृत्यु

२०८०-०२-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, जाँते बस्ने ३६ वर्षीया सोनी पाख्रिनले आफ्नै छोरा वर्ष ७ को अस्किन वाईबा र १८ महिनाको जेनिस वाईबा समेतलाई प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने बिषादी आफु र बच्चाहरू समेतलाई खुवाई बिरामी भई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएकोमा वर्ष ७ को अस्किन वाईबाको अवस्था मध्यम, उक्त दुई जनाको अवस्था गम्मीर भई थप उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुरमा लगेकोमा १८ महिनाको जेनिस वाईबा उपचारको क्रममा CMC अस्पताल, भरतपुरमा मृत्यु भएको छ ।  यस घटना सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।