प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनाबाट एकको मृत्यु

२०८०-०१-२५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२, ढोडेनी स्थित भित्री सडक खण्डमा गणेशबगरबाट ढोडेनी तर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आइचर ट्रक आफैँ ब्रेक फेल भई बाटोबाट अन्दाजी १० मिटर तल भीरमा खसी दुर्घटना हुदाँ सोही ठेगाना बस्ने ३० वर्षीय पेमा तामाङ घटनास्थलमै मृत्यु भएको छ । आइचरमा सवार रहेका घाईते मानिसहरू उपचारको लागि धुलिखेल अस्पताल र मेलम्ची अस्पताल पठाईएको छ । आइचर चालक फरार रेहको निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।