प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी मृत्यु

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

दोलखा, कालिञ्चोक गाउँपालिका-६, लप्टुन बस्ने अन्दाजी ४६ वर्षीय पिथी बहादुर थापा आफ्नै घरको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका-७, बस्ने ६८ वर्षीया बिष्णुमाया रेग्मी बाराहीथान स्थित जङ्गलमा  सालको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-३, तिनघरे स्थित ४२ वर्षीया कुमारी तामाङ घरदेखि अन्दाजी ७०० मिटर तल मौरिखोला जंगलमा जम्बुको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, ओख्रेनी घर भई हाल कर्थली पाखाटोलमा बस्ने ५८ वर्षीय पदम बहादुर बुढाथोकी घरको छानोको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।