प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी मृत्यु

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

दोलखा, कालिञ्चोक गाउँपालिका-६, लप्टुन बस्ने अन्दाजी ४६ वर्षीय पिथी बहादुर थापा आफ्नै घरको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, थाक्रे गाउँपालिका-७, बस्ने ६८ वर्षीया बिष्णुमाया रेग्मी बाराहीथान स्थित जङ्गलमा  सालको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-३, तिनघरे स्थित ४२ वर्षीया कुमारी तामाङ घरदेखि अन्दाजी ७०० मिटर तल मौरिखोला जंगलमा जम्बुको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, ओख्रेनी घर भई हाल कर्थली पाखाटोलमा बस्ने ५८ वर्षीय पदम बहादुर बुढाथोकी घरको छानोको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।