प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थितमा लागू औषध सेवन गरेर बसिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फारलाईन स्थितमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने अन्दाजी २९ वर्षीय साजन थिङ, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-१ बस्ने अन्दाजी ३५ वर्षीय बिनोद प्रजा, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने वर्ष अन्दाजी १८ की सम्झना घलान र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-३ बस्ने वर्ष १८ की प्राचिन राईको साथबाट लागू औषध ट्रामाडोल लेखिएको २३ ट्यावलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।