प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काम गर्ने क्रममा फलाम खसेर लागी एकको मृत्यु

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-१, थाल्चे स्थित हाईड्रोमा काम गर्ने जिल्ला सोलुखुम्बु, खुम्बुपासाङ गाउँपालिका-१, खरिखोला स्थायी घर भएका अन्दाजी २२ वर्षीय फुर्वा गेल्जेन शेर्पा हाईड्रोको सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट फलाम खसेर लागी घाईते भई उपचारको लागी हेम्स अस्पताल धुम्बाराई पुर्‍याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।