प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछ्ट्टै स्थानमा अवैध लागुऔषध बरामद

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-६, बसनिया स्थित सिर्थौलीबाट पत्रीङ्गा जाँदै गरेको लु ४८ प ८३७६ नम्बरको मोटरसाईकलमा ३ जना सवार देखी शंका लागी प्रहरी चौकी हर्षाहीबाट खटिएको गस्ती टोलिले चेकजाँच गर्दा चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने १७ वर्षीय रोशन अधिकारी र सोही मोटरसाईकलमा सवार सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने निमेश कुमारको साथबाट NITRVET 27 चक्की र नाम नखुलेको १ चक्की क्याप्सुल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी जोगिमाराबाट खटिएको टोलिले काठमाण्डौबाट पोखरा जाँदै गरेको बा २ ख १४१० नम्बरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार यात्रु जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-७ बस्ने ४१ वर्षीय युवराज गुरुङले बोकेको झोलामा अन्दाजी २ किलो लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित मानिस नियन्त्रणमा
२०८३-०३-१४

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको  चालक जिल्ला सिन्धुली कमलामाई नगरपलिका- १२ बस्ने बर्ष अन्दाजी-२५ को तुल बहादुर घिमिरेले चलाएको बा ४ ख २९६५ नम्बरको हायसमा सवार जिल्ला झापा कमल गाँउपालिका-५ बस्ने बर्ष अन्दाजी-२८ को पुजन थापालाई शंका लागि चेक जाजँ गर्दा निजले लगाएको जिन्स पाइन्टको गोजीमा लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २.१०० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।