प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र दोलखामा झुण्डी मृत्यु

२०७९-११-११

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-६, बसन्तपुर गाउँ बस्ने ३० वर्षीय राजु महतो आफ्नै घरको पंखा जोडने हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

दोलखा, भिमेश्वर नगरपालिका-६, भुलभुले देउराली बस्ने अन्दाजी ५३ वर्षीय पदम बहादुर तामाङ आफ्नो घर भन्दा अन्दाजी १२० मिटर पूर्व रहेको जंगलमा सल्लाको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   

सम्बन्धित समाचार
लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०

मकवानपुर, भिमफेदि गाउँपालिका-१, बागझोरा स्थित हेटौंडा भैसे सडकखण्डमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षक र प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले सानोटारबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.९४ प ८०८६ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ३६ को कुमार सिं गोलेले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी ७ किलोग्रम फेला परेको । निजलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०३-१९

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।