प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी ४ जनाको मृत्यु

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ देउराली स्थित रातोमाटे सामुदयिक जङ्गल भित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाई अपरिचित पुरुष व्यक्ति झुण्डी मृत अवस्थामा फेला परेको । शब अन्दाजी २०/२२ दिन पहिला झुण्डीएको जस्तो अवस्थामा रहेको, अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको, घटना स्थल सुरक्षित राखि आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

रामेछाप, खाँडादेवि गाउँपालिका-४ पुराना गाउँ स्थित भोजराज शिलवालको घरमा जिल्ला हुम्ला शिला गाउँपालिका-९ वतन घर भई हाल श्री रक्तमाला मा.वि.मा पढाउने शिक्षक मुन बहादुर थापा आफु बसेको कोठाको दलिनमा घाँटिमा सलको पासो लगाइ मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-८ बसपार्क पछाडी सलिन श्रेष्ठको घरमा डेरा गरी बस्ने जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका मिन बहादुर श्रेष्ठको श्रीमती वर्ष २२ की देबु श्रेष्ठ कोठा भित्र पङ्खा अड्याउन राखिएको रडमा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी छिन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवनभरतपुर ममहानगरपालिका-१६ बस्ने वर्ष ४० को नकुल कार्की आफ्नै भान्छ कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।