प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी ४ जनाको मृत्यु

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ देउराली स्थित रातोमाटे सामुदयिक जङ्गल भित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाई अपरिचित पुरुष व्यक्ति झुण्डी मृत अवस्थामा फेला परेको । शब अन्दाजी २०/२२ दिन पहिला झुण्डीएको जस्तो अवस्थामा रहेको, अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको, घटना स्थल सुरक्षित राखि आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

रामेछाप, खाँडादेवि गाउँपालिका-४ पुराना गाउँ स्थित भोजराज शिलवालको घरमा जिल्ला हुम्ला शिला गाउँपालिका-९ वतन घर भई हाल श्री रक्तमाला मा.वि.मा पढाउने शिक्षक मुन बहादुर थापा आफु बसेको कोठाको दलिनमा घाँटिमा सलको पासो लगाइ मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-८ बसपार्क पछाडी सलिन श्रेष्ठको घरमा डेरा गरी बस्ने जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका मिन बहादुर श्रेष्ठको श्रीमती वर्ष २२ की देबु श्रेष्ठ कोठा भित्र पङ्खा अड्याउन राखिएको रडमा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी छिन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवनभरतपुर ममहानगरपालिका-१६ बस्ने वर्ष ४० को नकुल कार्की आफ्नै भान्छ कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।

लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।