प्रहरी कार्यालय
जिल्ला धादिङ खनियाबास गाँउपालिका-४ किन्ताङफेदि स्थितमा किन्ताङफेदिबाट धादिङबेशि तर्फ जाँदै गरेको BAA 0734 नं. को जिपमा सवार जिल्ला सुर्खेत हरिहर गाँउपालिका-१ चितिचौर घर भई हाल जिल्ला धादिङ रुविभ्यालि गाँउपालिका-४ स्थित गोरक्ष हाईट्रोपावरमा काम गर्ने कामदार बर्ष अन्दाजी ३५ को चन्द्र बहादुर भारतीले घर फर्किने क्रममा हाईट्रोपावरमा भएको १०० मिटर बलाष्टिङ गर्ने कालो रातो मसिनो तार, डटोनेटर ४ थान (पट्काउने काम गर्ने) र ३ वटा इमुलेसन बरामद गरी सामान सहित निजलाई नियनत्रणमा लिएको, जिल्ला प्रहरि कार्यालय धादिङमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।
काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-४, बखुनटोल स्थितमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी टोली गई झै-झगडामा संलग्न जिल्ला नबलपरासी गैडाकोट नगरपालिका-१२ घर भई जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ बखुनटोल स्थित डेरा गरि बस्ने बर्ष अन्दाजी २१ को रोशन बि.क लाई नियन्त्रणमा लिई निजको कोठा खानतलासी गर्दा कोठमा रहेको काठको दराजमा लुकाई छिपाई राखेको अवस्थामा 9MM को गोली राउण्ड २ फेला परेको हुदाँ रित पूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याई अनुसन्धान कार्य भईरहेको छ ।