प्रहरी कार्यालय
काभ्रे पाचँखाल नगरपालिका-१३, ज्यामिरे स्थित बस्ने बिर बहादुर नगरकोटीको घरमा मानिस नभएको समयमा घरको ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी दराजमा रहेको नगद १,२५,०००।– (एक लाख पच्चिस हजार) र सुनको गरगहना अन्दाजी मुल्य ४,५०,०००।–(चार लाख पचाँस हजार ) बराबरको चोरी भएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।
कार्तिक ८, ककनी गाउँपालिका-१ रातामाटे स्थित चन्द्र मान श्रेष्ठको घरमा कोही नभएको अवस्थामा चोरले घरको छतको ढोकाबाट घर भित्र प्रवेश गरी घरमा रहेको किराना र कस्मेटिक पसलको ढोका ताल्चा फोडी पसल भित्र र्याकमा रहेको नगद रु. ४०,०००।– (चालिस हजार) र सुनको गरगहनाहरु साढे ६ तोला बराबरको गरी जम्मा अन्दाजी रु. ७,००,०००।– (सात लाख) गरी जम्मा रु. ७,४०,०००।- (सात लाख चालिस हजार) बराबरको चोरी भएको, घट्नास्थलको प्राम्भिक अनुसन्धान पश्चात चोरी गर्ने व्यक्तिहरुको खोजतलाश कार्य जारी रहेको ।