प्रहरी कार्यालय
असोज १५, मन्डनदेउपुर नगरपालिका-७ झगरपुर स्थित रहेको रातमाटे सामुदायिक बनमा महिलाको मानब कंकाल फेला परेको, प्रहरीचौकी हिगुवापाटि बाट प्र.स.नि. को कमाण्डमा ३ जनाको टोली खटी गई बुझ्दा सोहि बस्ने वर्ष ४५ की ठुलीमाया राई मिति २०७८।०५।१० गते बिहान च्याउ खोज्न जान्छु भनि हिडेकोमा हराई बेपत्ता भएको भनि मिति २०७८।०५।१२ गते आफन्तले यस चौकीमा हुलिया सहितको निवेदन दिएको, कपडाको आधारमा आफन्तले उक्त मानव कंकाल निज महिलाको हो भनी सनाखत गरेको, घट्नास्थल लाशजाँच मुचुल्का सहित घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।
असोज १५, भिमेश्वर नगरपालिका-८ गोठ्ठी गाँउ बस्ने बिष्णु बहादुर तामाङको छोरा वर्ष ३० को गणेश तामाङ चरिकोट जान्छु भनि हिडेकोमा घर नआए बेपत्ता भएका निजको आफन्तले खोजतलाश गर्दै जाने क्रममा निजकै घर देखि अन्दाजी ५० मिटर पश्चिम तर्फ रहेको काकाको बारीमा निधार र बाँया हातको चोरी औंलामा जनावरले टोकेको जस्तो देखिने चोट लागी मृत्त अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।
असोज १४, जिल्ला नवलपुर देवचुली नगरपालिका-१६ बस्ने वर्ष २५ को अरुण चापागाई निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०५।०९ गते मध्यबिन्दु अस्पतालमा PCR चेकजाँच गराउँदा रिपोर्ट पोजेटीभ आई मिति २०७८।०५।१६ गते भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०६।१४ गते उपचारको क्रममा मृत्यु भएको ।
असोज १४, माडी नगरपालिका-३ रौतनी खोलाको किनारमा पौवाडी बस्ने वर्ष २० को सुरज महत्तो (मानसिक सन्तुलन ठिक नभएको) माडीपौडी गाउँको गोरेटो बाटोबाट लडी अन्दाजी १४ फिट तल लड्न गई रौतनी खोलाको किनारमा घोप्टो अवस्थामा मृत रुपमा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।
असोज १३, भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालमा रत्ननगर नगरपालिका-१४ बस्ने वर्ष ६३ को रत्न बहादुर शाक्य को कोरोना पोजेटिभ भई मृत्यु भएको, निज निमोनिया सम्बन्धी बिरामी भई PCR चेकजाँच गराउँदा रिपोर्ट पोजेटीभ आई भरतपुर अस्पतालको COVID ICU मा भर्ना भएका निजको उपचारको क्रममा मृत्यु भएको ।
असोज १२, भरतपुर म.न.पा.२६ बस्ने वर्ष ७० की सेती बि.क. आफ्नै घर नजिकै रहेको पोखरीको डिलमा घाँस काटने क्रममा अचानक लडन गई घाईते भएकोमा उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याई उपचार भईरहेकोमा निजको मृत्यु भएको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।
असोज १२, धुलिखेल नगरपालिका-९ घर भई हाल सोहि न.पा.६ पुरानो संजिबनी स्थितमा डेरा लिई जुत्ता पसल सञ्चालन गरी बस्ने कृष्ण बहादुर नेपालीको श्रीमती वर्ष ४५ की सुन्तली नेपाली कोठा बाट २०० मिटर टाढा रहेको एबोकाडोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।
असोज ११, थाक्रे गाउँपालिका-६ आग्राखोला किनारा स्थितमा रहेको जमुनाको रुखमा जिल्ला खोटाङ बतासे घर भई हाल ऐ.ऐ. स्थितमा ढुङ्गा/गिट्टी/बालुवाको काम गर्ने वर्ष अन्दाजी ३५ को झिल्के भन्ने प्रबिण श्रेष्ठ नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।
असोज ११, भरतपुर म.न.पा.३ स्थित न्युरोड जाने भित्री सडक खण्डमा अन्दाजी वर्ष ३० को अपरिचित पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।
असोज १०, उत्तरगया गाउँपालिका-२ डाँडागाँउ बस्ने वर्ष ५० को ज्ञान बहादुर अधिकारी घरबाट घाँस काट्न भनि हिडेकोमा निज घरमा अबेर सम्म नआएको हुँदा निजको घर परिवार तथा आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा निज मानिस भिरबाट अन्दाजी १०० मिटर तल लडी घाईते अवस्थामा फेला पारी निजको उपचारको लागी त्रिशुली अस्पताल नुवाकोटमा लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।