प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-०८-१९

  • A
  • A-
  • A+
Share

चितवन, राप्ति नगरपालिका-१, लोथर स्थित वीरगंजबाट चितवन तर्फ जाँदै गरेको ना३ख ३९५० नं.को ट्रक चालक जिल्ला बारा घर भएको अन्दाजी ४८ वर्षीय फिरोजमिया मन्सुरी राप्ति नगरपालिका-१, लोथरमा रोकि चिया खाने क्रममा छात्ती दुखि एक्कासि बेहोस भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा निजको ईसिजि गरी हेर्दा  डा.ले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०३-१९

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।