प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरि गम्भिर घाईते

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

दोलखा,  शैलुङ गाउँलिका-३ बोत्ले बस्ने चन्द्र बहादुर बस्नेतको श्रीमती अन्दाजी बर्ष २५/२६ कि अमृता बस्नेत बिहान घाँस काट्न भनि हिडेकोमा १०:३० बजे घर देखी ६० मिटर पुर्व काब्रोको रूखमा सलको पासो लगाई झुण्डिएको निजको नन्द सुन्तली बस्नेतले देखि स्थानियलाई खवर गर्ना साथ तत्काल पासो काटी उपचारको लागी बाघखोर स्वास्थ्य चौकीमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी धुलिखेल अस्पताल काभ्रेमा लगिएको, अवस्था गम्भिर रहेको र उपचारमा निजको श्रीमान संलग्न रहेको, झुण्डिनुको कारण नखुलेको आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।