प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरि गम्भिर घाईते

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

दोलखा,  शैलुङ गाउँलिका-३ बोत्ले बस्ने चन्द्र बहादुर बस्नेतको श्रीमती अन्दाजी बर्ष २५/२६ कि अमृता बस्नेत बिहान घाँस काट्न भनि हिडेकोमा १०:३० बजे घर देखी ६० मिटर पुर्व काब्रोको रूखमा सलको पासो लगाई झुण्डिएको निजको नन्द सुन्तली बस्नेतले देखि स्थानियलाई खवर गर्ना साथ तत्काल पासो काटी उपचारको लागी बाघखोर स्वास्थ्य चौकीमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागी धुलिखेल अस्पताल काभ्रेमा लगिएको, अवस्था गम्भिर रहेको र उपचारमा निजको श्रीमान संलग्न रहेको, झुण्डिनुको कारण नखुलेको आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।