प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१६

  • A
  • A-
  • A+
Share

चितवनभरतपुर महानगरपालिका-२१, पोखरी चोक स्थित बस्ने ६३ वर्षीय बिष्णु थापा आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ फ्यानमा डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । यस्तै गरी, धादिङ, गल्छी गाउँपालिका-८, नयाँगाउँ स्थित बस्ने श्री बहादुर तामाङको छोरी १५ वर्षीय जमुना तामाङले घरबाट अन्दाजी ५०० मिटर उत्तर तर्फ रहेको सिरिसको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।