प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०६-१६

  • A
  • A-
  • A+
Share

हेटौंडा उप-महानगरपालिका-१०, बसपार्क नजिकै प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बसपार्क स्थित प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका-५, रजैया बस्ने २० वर्षीय सागर स्याङ्तानलाई शंका लागि चेकजाँच गर्दा निजको खल्तीबाट लागुऔषध नाईट्रभेट ट्याबलेट १ पत्ता, ट्रमाडोल ट्याबलेट १ पत्ता र स्टेगन ट्याबलेट २ पत्ता फेला परेको छ  । निज सागर स्याङ्तानलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय पठाईएको  । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।