प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन गरी मृत्यु

२०७९-०५-२७

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-३ यार्सा बस्ने ४८ वर्षीय कृष्ण बहादुर खत्रीको बिषादी सेवन बाट मृत्यु भएको छ ।

मृतक inseantsambridhi 505 नामक बिषादी सेवन गरी निजको घर देखि २ कि.मि.पूर्व पदम बहादुर खत्रीको नर्सरीमा मृत अबस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।