प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०४-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ भैरबरोड स्थित चिल्ड्रेन पार्क नजिक रहेको चौतारी होटलबाट प्रहरीले लागुऔषध सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त चौतारी होटेलमा बसिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स १३ बोतल (प्रति बोतल १०० ml) फेला परेको थियो । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

निम्न:

१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.२ संगमचोक बस्ने बर्ष अं. ४९ को राजेश श्रेष्ठ ।

२.ऐ.ऐ. ४  फरेष्टि बस्ने बर्ष अं. ५४ को रामजकाजि श्रेष्ठ ।

३.ऐ.ऐ.१३ आदामार  बस्ने बर्ष अं. २६  कि आहाना भन्ने अल्बिना तामाङ ।

४. ऐ.ऐ.१२ पदमपोखरि घर भई हाल ऐ.११ थानाभर्‍याङ बस्ने बर्ष अं. २५ कि ईसा घलान ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।