लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-१०-१८
- A
- A-
- A+
मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी
चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगन्जबाट हेटौंडा बजारतर्फ आउदै
गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त
गाडिमा सवार भइ आएका जिल्ला बाग्लुङ हलङ्चोक नगरपालिका-३ बस्ने वर्ष अन्दाजी १९ को
बिवेक घर्तिमगरको साथबाट १ ग्राम ६८० मिलि ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने
पदार्थ फेला परेको छ । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान
कार्य भई रहेको छ ।