लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१४
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१२, मिलनचोक स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा जिल्ला
मकवानपुर राक्सिराङ गाउँपालिका-६, बस्ने वर्ष ४५ को चन्द्रबहादुर प्रजाको साथबाट कालो झोला २
वटामा लागुऔषध गाँजा अन्दाजी १५ किलोग्राम र नगद नेपाली रुपैयाँ रु
८१५ मोवाइल थान २ फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा
पठाइएको ।