प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महागरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुषध गाँजा अन्दाजी किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकललागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।