लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-०३
- A
- A-
- A+
मकवनपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित लागुऔषधको कारोबार
भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको
कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७,
ठुलोगगटे बस्ने वर्ष अन्दाजी २७ को महादेव डंगोललाई चेक जाँच गर्दा निजको साथबाट ५
पुरियामा ३३० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको
। लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहको छ ।