प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोजेटीभको मृत्यु

२०७८-११-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१० स्थित रहेको भरतपुर अस्ताल भरतपुरमा एक पुरुषको कोरोना पोजेटिभ भई मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला पर्वत ब्यादी गाउँपालिका-६ बस्ने ७७ वर्षीय  यनिसरा बि.क रहेका छन् । निज किड्नि सम्बन्धी बिरामी भई भरतपुर अस्पताल भरतपुरमा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामी निज यनिसरा बि.क  सोही अस्पतालको COVID ICU मा भर्ना भई उपचार गराईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले शव व्यवस्थापनको लागि हस्पिटल प्रशासन सँग समन्वय गरी व्यवस्थापन कार्य गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।