प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोजेटीभको मृत्यु

२०७८-११-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१० स्थित रहेको भरतपुर अस्ताल भरतपुरमा एक पुरुषको कोरोना पोजेटिभ भई मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला पर्वत ब्यादी गाउँपालिका-६ बस्ने ७७ वर्षीय  यनिसरा बि.क रहेका छन् । निज किड्नि सम्बन्धी बिरामी भई भरतपुर अस्पताल भरतपुरमा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामी निज यनिसरा बि.क  सोही अस्पतालको COVID ICU मा भर्ना भई उपचार गराईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले शव व्यवस्थापनको लागि हस्पिटल प्रशासन सँग समन्वय गरी व्यवस्थापन कार्य गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।