अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५,
सानोपोखरा चोक स्थित पुष्पलालपार्क जाने बाटोमा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय
सानोपोखरा हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले सोहि हेटौंडा
उपमहानगरपालिका-९, त्रिवेणी बस्ने वर्ष अन्दाजी २२ को सुमित थापा मगरलाई रोकी चेकजाँच
गर्दा लागुऔषध खैरो हिरोहिन जस्तो देखिने पदार्थ रातो प्लाष्टिकमा
२४ पोका फेला परेको । निजले प्रयोग गरेको ना २३ प ४३४ नं. को मोटरसाईकल सहित नियन्त्रणमा
लिई थप अनुसन्धान कार्य भईरहेको ।