प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८२-०८-११

  • A
  • A-
  • A+
Share

मकवानपुरहेटौंडा उपमहानगरपालिका-१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३-०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो । 

सम्बन्धित समाचार