प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

चितवनमाडी नगरपालिका-६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेट सहित सोही नगरपालिका-७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना.४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार