प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, लङगुरखोला बस्ने अन्दाजी २० वर्षीया धन बहादुर लामिछाने मगर साथीहरुसंग लङगुरखोलामा माछा मार्न भनी गएकोमा सो खोला नजिकै रहेको हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलिको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागी घाईते भई उपचारको लागी साथीहरू मिली लङगुरखोला आधारभुत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।