प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, भुन्द्रुङ बस्ने अन्दाजी वर्ष ८६ को गगन बहादुर पुरी आफ्नै घरमा कोठाको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, घर भई हेटौंडा उपमहानगरपालिका-१०, स्थित आनन्द टोल स्थित श्री दवाडीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २८ को संजिब राज थिङको कोठामा लागुऔषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई हेर्दा कोठा भित्र रहेको टि-टेबल माथी प्लाष्टिकको पुरिया बनाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको । निज संजिव राज थिङ र कोठामा संगै रहेको हेटौंडा उपमहानगरपालिका-१४, बस्ने वर्ष अन्दाजी २२ की मनिषा थिङलाई लागुऔषध खैरो हिरोईन, नेपाली नगद रु.३१,०००।, डिजिटल तराजु थान १ र कोठा बाहिर रोकी राखेको निजहरुले प्रयोग गरेको बा ७३ प ५४९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई गरिहेको ।

२२० किलोग्राम लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-०६-२६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी राखेको BR 01 GB 8653 नं.को भारतीय TATA मिनि ट्रकमा लागुऔषध लुकाई छिपाई राखि चितवन तर्फ लैजाँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटि गई उक्त नम्बरको ट्रकलाई नियन्त्रणमा लिई प्रहरी चौकी जोगिमारा धादिङमा ल्याई चेकजाँच तथा सोधपुछ गर्दा उक्त ट्रकको क्याबिन पछाडि ढालामा फलस बटन बनाई भित्र प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० पोकामा अन्दाजी २२० किलोग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने वर्ष २८ को दिनानाथ यादब र सोहि कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।