प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०६-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, रिभर साईड स्थित लागुऔषध गाँजा ल्याउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक मुकेश कुमार गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाटोको साईडमा रोकि राखेको मानिस नभएको ना.१ ह ६३८९ नं.को अटोलाई चेकजाँच गर्ने क्रममा उक्त अटो भित्र लुकाई छिपाई राखेको सेतो बोरा भित्र अन्दाजी १५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । सोही स्थानमा बाटोको साईडमा बसि रहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी ४० को बिक्की भन्ने केदार स्याङ्तान प्रहरीले अटो चेक गर्न खोज्दा भाग्न खोजेकोले संका लागी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी अटो, लागुऔषध गाँजा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।