प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१९

  • A
  • A-
  • A+
Share

चितवन, माडि नगरपालिका-, प्रहरी चौकी सोमेश्वर कार्यालय अगाडि प्रहरी हायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा ठोरीबाट काठमाडौं तर्फ जादै  गरेको ना. ५ ख ४३७८ नं. को टुरिष्ट बसमा चेकजाँच गर्दा, उक्त बसको डिक्कि भित्र  सेतो रंगको प्लाष्टिकको बोरा भित्र रहेको कार्टुनमा लुकाई छिपाई ल्याइएको कोरेक्स (प्रति बोतल १०० ML)  २३६ बोतल, ट्रामाडोल ७ पत्तामा ७० क्याम्पसुल गाँजा जस्तो देखिने पदार्थ अं.२०० ग्राम लागुषध फेला परेको । बसमा सवार जिल्ला चितवन माडि नगरपालिका-, खरकट्टा बस्ने वर्ष २९ को सुजन थापालाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि प्रहरी चौकी सोमेश्वर माडिमा ल्याइ  राखेको

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।