प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध खैरो हिरोईन सहित २ जना मानिस नियन्त्रणमा

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, न्युरेनी स्थित घरमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा-१०, न्युरेनी बस्ने वर्ष अन्दाजी ३६ को विकास तामाङको घर कोठा भित्र बसी निज बिकास तामाङले लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ झोलामा सानो सानो प्याकिङ गर्दै हेटौडा-, बस्ने वर्ष अन्दाजी ३४ को अब्दुल मन्सुरीलाई विक्रि गर्दै गरेको अवस्थामा लागुऔषध खैरो हिरोइन ३ ग्राम ७०० मिलि ग्राम फेला परेको । लागुऔषध सहित दुबै जनालाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।