प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, बड डाँडा स्थित प्रहरी चौकी ताल्तीबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको गस्ति टोलिले शँका लागि जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका-९, बस्ने वर्ष ५० को अक्कल बहादुर घलान र सोहि बस्ने वर्ष अन्दाजी ५३ को घारे तामाङलाई सोधपुछ गर्ने क्रम्मा निज घारे तामाङले झोला फालि भागि फरार भएको र अकल बहादुर तामाङ लाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निज अकल बहादुर को साथबाट पछाडी बोक्ने कालो झोला भित्र रातो सेतो टेपले बेरिएको १ (पोका) अन्दाजी ४ किलो लागुऔषध गाँजा फेला परेको र घारे तामाङले फालि भागेको पछाडी बोक्ने कालो झोला भित्र रातो सेतो टेपले बेरिएको २ पोका अन्दाजी ४ किलो  लागुऔषध गाँजा र अन्दाजी ३०० ग्राम चरेस फेला परेको । लागुऔषध सहित निज अकल बहादुरलाई नियन्त्रणमा लिईएको र फरार रहेका घारे तामाङको खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।