प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०५-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-७, गल्छीमोड स्थित पृथ्वी लोकमार्गमा जिल्ला बाँके नेपालगन्ज बुलबुलिया बस्ने वर्ष अन्दाजी १४ को नंक राय र सोही ठेगाना बस्ने वर्ष अन्दाजी १२ को समिर रायलाई सडकमा बसि रहेको अबस्थामा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा निजहरूले बोक्ने कालो झोला र रातो र हरियो कलरको जेब्रा झोला भित्र पहेलो टेपले बेन्डीङ गरी सेतो प्लाष्टिकले बेरिएको १२ पोका अन्दाजी १२/१४ किलो लागू औषध गाँजा फेला पारी उक्त लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।