प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित इलाका प्रहरी कार्यालय, नेवारपानीबाट खटिएको प्रहरी टोलीले बाटोमा हिडिरहेको अबस्थामा जिल्ला रौतहट गरुडा नगरपालिका-६ बस्ने अन्दाजी वर्ष १८ को दुर्गा कुमार साहले बोकेको भिर्ने झोला शंका लागि चेकजाँच गर्न खोज्दा झोला फाली भागेकोमा निजलाई लखेटी नियन्त्रणमा लिई चेकजाँच गर्दा झोला भित्र रातो प्लाष्ट्रिकले प्याक गरि राखिएको (एक पोका) अन्दाजी १० किलोग्राम लागू औषध गाँजा फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।