प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले पथलैयाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको प्र.३-०३-००१ ह १०३ नं.को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क डेरा गरी बस्ने वर्ष अन्दाजी २९ की सम्झना थिङले बोकेको झोलाबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १५ मिलिग्राम र सोही अटोमा सवार जिल्ला सिन्धुली दुधौली नगरपालिका-९, घर भई हाल हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क बस्ने वर्ष अन्दाजी २३ की सोनिका क्षेत्रीले बोकेको झोला भित्र रहेको सेतो रंगको चार्जर भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलिग्राम फेला परेको । लागुऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।