प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित २ जना भरतीय नागरिक नियन्त्रणमा

२०८२-०५-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा विशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट काठमाण्डौँ तर्फ आउँदै गरेको BR 01 PB 1802 नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको ३९ पोकामा रहेको DIAZEPAM 2ML को १९५० एम्पुल, NOOPHIN 2ML को १९५० एम्पुल, PHENERGAN 2ML को १९५० एम्पुल र Tramadol २४ पत्तामा २४० क्याप्सुल गरी जम्मा ५८५० एम्पुल र २४० क्याप्सुल फेला परेको । सुमो चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष अन्दाजी ३५ को किस्मत अलि र सहचालक सोहि बस्ने वर्ष अन्दाजी २८ को शाहरुख अलि सहित सुमोलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।