प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध ट्रामाडोल १७,४०० ट्याब्लेट सहित ४ जना नियन्त्रणमा

२०८२-०५-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९, बसपार्क स्थित बस्ने भिमदेबी भट्टचनले सञ्चालन गरेको न्यु धौलागिरी थकाली भान्साघर एण्ड लज माथि संका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली खट्टी चेकजाँच गर्ने क्रममा होटलको १०६ नं. कोठाबाट लागुऔषध ट्रामाडोल १७,४०० ट्याब्लेट फेला परेको । लागुऔषध सहित देश भारत बिहार चनपरिया घर बताउने बर्ष २४ को आर्यन कुमार, जिल्ला पर्सा ठोरी गाउँपालिका-२ बस्ने वर्ष २५ को सुर्य लामा सोहि बस्ने वर्ष २१ को बिनायक तामाङ र जिल्ला चितवन कालिका नगरपालिका १० बस्ने वर्ष २१ की शान्ती गुरूङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाईएको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।