प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-०२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-९, दुधौली बजारबाट खरीयानी जाने पक्की पुल स्थितमा लागुऔषध बिक्री वितरण भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी दुधौलीबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटिगई चेकजाँच गर्दा जिल्ला सिन्धुली दुधौली नगरपालिका-९, बस्ने वर्ष २७ को शुशिल कपाडीको साथबाट ५ बोतल र निजको घरमा गई खानतलासी गर्दा ७ बोतल गरी जम्मा-१२ बोतल, जिल्ला उदयपुर कटारी नगरपालिका-३, बस्ने वर्ष ४१ को मनोज कार्कीको साथबाट १ बोतल गरी जम्मा १३ बोतल ONEREX लागुऔषध फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।