प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, सिमाचोक स्थित रहेको फेमसतास होटलमा लागू औषध कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी टोलि खटि गई सो होटलमा रहेका जिल्ला, मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने अन्दाजी ३० वर्षीय बिशाल पौडेलले बोकेको झोला खानतलासी गरी हेर्दा लागू औषध ONEREX १५ बोटल (प्रति बोतल १०० ML) फेला परेको हुँदा निज संगै रहेको ऐ. हेटौंडा उपमहानगरपालिका-१२, पदमपोखरी बस्ने अन्दाजी २९ वर्षीय पाल्डुव लामा संग किनेको भनी बताएको हुँदा दुबै जनालाई लागू औषध सहित नियन्त्रणमा लिई निजहरुले प्रयोग गरेको ना २३ प ६८३७ नं. को मोटरसाईकल समेत नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।