प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-१७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, गाजिपुर स्थित बस्ने र्ष ३२ को धिरज लामाले लागू औषध ब्राउन सुगरको कारोबार गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको सादा पोसाकको टोलिले निज बस्ने घरमा गई खानतलासी गर्दा निजले आफ्नो हजुरआमा सुत्ने कोठामा ढोकाको कुनामा झुण्डाएर राखेको लेडिज साईड ब्यागको बाहिरी खल्तीमा प्लास्टिकको २ वटा सानो पोकामा खैरो हिरोईन जस्तो देखिने लागू औषध अन्दाजी तौल गर्दा १२ ग्राम जति फेलापरेको निजलाइ लागू औषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।