प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा

२०८२-०३-१९

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।