प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कैदीको मृत्यु

२०७८-१०-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी कारागारमा पुर्पक्षमा रहेका लागु औषध गाँजा मुद्धामा रहेका कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने कैदी जिल्ला बारा माँहागढिमाई नगरपालिका-१० गञ्जभवानीपुर घर भएका ३८ वर्षीय अजय प्रसाद जैसवाल  रहेका छन् । निज भिमफेदी कारागारमा लागुऔषध गाँजा मुद्धाको पुर्पक्षमा कैद सजाय भोगिरहेका थिए । निज अजय प्रसाद जैसवाल अचानक ट्वाईलेट जाने क्रममा लडी घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार