प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-५, श्रीपुर घर भई हाल हेटौंडा उपमहानगरपालिका-१, चौकिटोल डेरा गरी बस्ने वर्ष अन्दाजी २३ को बिवेक गोलेले लागुऔषध सेवन गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा कोठामा सेवन गरिरहेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी १० मिलिग्राम फेला पारेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।