प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-५, श्रीपुर घर भई हाल हेटौंडा उपमहानगरपालिका-१, चौकिटोल डेरा गरी बस्ने वर्ष अन्दाजी २३ को बिवेक गोलेले लागुऔषध सेवन गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोल मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटी गई बुझ्दा कोठामा सेवन गरिरहेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी १० मिलिग्राम फेला पारेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।